पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन (बागलुङ)- अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । सोमबार साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना अन्तर्गतको करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।
करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी जानकारी दिए । करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको उनले बताए । अहिले वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने जनाउँदै वर्षा रोकिएपछि खुलाउने प्रनाउ यादवले बताए ।
सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बागलुङको सिधा यातायात बिच्छेद भएको छ । पहिरोले सडक नै भासिएको छ । गतहप्ता पनि अवरुद्ध भएको सडक सोमबार दिउँसो सञ्चालनमा आएकामा गएरातिको भारी वर्षाले सडक पुनः अवरुद्ध भएको हो ।

म्याग्देको माझिलाङमा सामूहिक कोदोखेती

मुस्ताङमा खोलाले बगाउँदा एक युवा बेपत्ता

विपन्नलाई घर बनाउँदै म्याग्दे गाउँपालिका
_b8015joA1z_ezj2uyjyewmqg3lx0xdoeu0jtnuf6ps61uem81wsvttkkmpgl8fs3hfrljro_Gjph6DA0iz_wxllpmnfkjlcs58jd1l9abetu2lsv5n3mxk60e7r2afrm7moxymhxfvp3gcn.jpg)
जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

धार्मिक पर्यटनको सम्भावना बोकेको जलजला

पहिरोले बागलुङ-बुर्तिबाङ सडक अवरुद्ध

एउटै पालिकाका २४३८ घर बाढीपहिरोको जोखिममा

प्रतिक्रिया