प्रचण्डको चेतावनी- सरकारले बहुमतको घमण्ड नदेखाओस्

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई जबरजस्ती बहुमतको घमण्ड नदेखाउन चेतावनी दिएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले सरकारले गम्भीरताका साथ नलिई जबरजस्ती बहुमतको घमण्ड देखाए दुर्भाग्य हुने चेतावनी दिएका हुन् ।
उनले आफूहरू संविधान संशोधनको विरोधमा नरहेपनि अहिलेसम्म प्राप्त उपलब्धिहरू कटौती गरिए राम्रो नहुने बताएका हुन् ।
सरकारको प्रकृति, विगतको पृष्ठभूमि हेर्दा संविधान परिमार्जन नभई जनताको अधिकार कटौती गर्ने उद्देश्य रहेको जिकिर गर्दै उनले दुई राजनीतिक दलहरू मिलेर मात्रै संविधान संशोधन हुन नसक्ने बताए ।
प्रचण्डले सरकार बिचौलियाले नै बनाएको भन्दै आफूलाई सबै थाहा भएको र एक दिन आफूले सबै बोल्ने बताए । उनले संसदको लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनु पर्ने बताउँदै यसलाई सरकारले गम्भीरतापूर्वक लिन आग्रह गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया