रिहा भइन् खालिदा जिया

काठमाडौँ - बंगलादेशकी विपक्षी दल बीएनपीकी नेतृ एवं पुर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई औपचारिक रुपमा रिहा गरिएको छ ।
बंगलादेशको राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै खालिदा जियालाई हिरासतबाट रिहा गरिएको जानकारी दिएको ढाका ट्रीबुनले उल्लेख गरेको छ ।
साथै राष्ट्रपति कार्यालयले जुलाई १ देखि अगस्त ५ सम्म आन्दोलनमा सहभागी भएर हिरासतमा लिएका सबै विद्यार्थीहरूलाई समेत रिहा गरेको जनाएको छ ।
खालिदा जिया अनियमितताको आरोपमा २०१८ मा १७ बर्षको जेल सजाय काटिरहेकी थिइन् । त्यसपछि २०२० देखि भने कोरोना महामारीलाई ध्यानमा राख्दै उनलाई उनकै घरमा नजरबन्दमा राखिएको थियो ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया