हमास नेताबारे मलेसियाली प्रधानमन्त्रीको पोस्ट हटाएपछि मेटाले माफी माग्यो
काठमाडौं - हमासका नेता इस्माइल हानियाको हत्याबारे मलेसियी प्रधानमन्त्री अनवर इब्राहिमको सामाजिक सञ्जाल पोस्ट हटाएकोमा टेक जायन्ट कम्पनी मेटाले मङ्गलबार माफी मागेको छ ।
अनवरको कार्यालयले मेटा प्रतिनिधिलाई हनियाको मृत्युबारे प्रधानमन्त्रीको फेसबुक र इन्स्टाग्राम पोस्ट हटाएकोमा स्पष्टीकरण माग गरेको एकदिन पछि मेटाले माफी मागेको हो ।
मेटा दुई लोकप्रिय सामाजिक सञ्जाल ‘फेसबुक र इन्स्टाग्राम’को मूल हो ।
“प्रधानमन्त्रीको फेसबुक र इन्स्टाग्राम पेजबाट उनको पोस्ट हटाइएकोमा हामी क्षमाप्राथी छौँ”, मेटाले एक विज्ञप्तिमार्फत् जनाएको छ । “प्रधानमन्त्रीको उक्त पोस्ट पछि सही समाचार योग्य लेबलको साथ पुनर्स्थापित गरिएको छ।”
अनवरको पोस्टमा हामासका एक अधिकारीसँगको फोनवार्तामा हानियाको मृत्युमा शोक व्यक्त गरेको भिडियो समावेश रहेको थियो । प्यालेस्टिनी सशस्त्र समूह हमासका वरिष्ठ राजनीतिक नेता इस्माइल हानियाको इरानी राजधानी तेहरानमा मृत्यु भएको हो ।
अन्वरले साझा गरेको पोस्ट “खतरनाक व्यक्ति र संस्थाहरू” सँगको सम्बन्धका कारण इन्स्टाग्राममा हटाइएको थियो ।
अनवरको कार्यालयले मेटाको यो कदमलाई “स्वतन्त्र अभिव्यक्तिको दमन” को रूपमा वर्णन गर्दै माफी माग गरेको थियो ।

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

गाजामा मारिनेको संख्या ५३ हजार नाघ्यो
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर

प्रतिक्रिया