मधेश प्रदेशमा इतिहासकै 'जम्बो' मन्त्रिमण्डल, मुख्यमन्त्री सिंहले बनाए नयाँ रेकर्ड

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पाँच जना राज्यमन्त्री नियुक्त गरेका छन् ।
मन्त्रालयको संख्या १२ रहेको मधेश प्रदेशमा मन्त्रिपरिषद्को संख्या २० पुगेको छ । यो मधेशमा अहिलेसम्मको सबैभन्दा ठूलो मन्त्रिपरिषद् हो । सबैलाई भाग पुर्याउन मुख्यमन्त्री सिंहले 'जम्बो' मन्त्रिमण्डल बनाएर नयाँ रेकर्ड कायम गरेका छन् ।
मंगलबार एमालेबाट मो. जयद आलम भौतिक पूर्वाधार विकास राज्यमन्त्री नियुक्त भएका छन् । त्यस्तै, कांग्रेसबाट रेखा ठाकुर भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र निलम कुमारी रजक ऊर्जा सिंचाइ सरसफाइ तथा खानेपानी राज्यमन्त्रीमा नियुक्त भएका छन् । त्यस्तै लोसपाबाट रामबाबु यादव शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतबाट सम्भु साह उद्योग पर्यटन राज्यमन्त्रीमा नियुक्त भएका छन् ।
उनीहरुले मंगलबार नै शपथसमेत लिएका छन् ।

प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै

रौतहटमा साढे ५ करोड बढीको अबैध सामान बरामद, १०३ तस्कर पक्राउ

सिरहाको बेतौनावासीको गुनासो ‘हाम्रो आवाज सुन्ने कोही भएनन्’

चन्द्रपुरमा लम्पी स्किनविरुद्ध निःशुल्क औषधि वितरण

करेन्ट लागेर महिलाको मृत्यु

पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
उच्च अदालत जनकपुरधाममा ४४११ मुद्दा फछ्र्यौट

प्रतिक्रिया