अभिनय मात्र होइन इन्दिरा गान्धीको जीवनीमा बन्ने फिल्मको निर्देशन पनि गर्दैछिन् कंगना

मुम्बई : कंगना रनावतले बुधबार मात्र इन्दिरा गान्धीको जीवनीमा बन्न लागेको फिल्म ‘इमर्जेन्सी’मा अभिनय गर्न लागेको जानकारी गराएकी थिइन् । कंगनाले इन्स्टामा कस्ट्युमको ट्रायलको फोटो राख्दै आफू इन्दिरा गान्धी बन्न तयार भएको जानकारी दिएकी थिइन् ।
तर, बुधबार इन्स्टामा अर्को स्ट्यास लेख्दै यो फिल्म आफूबाहेक अरु कसैले निर्देशन गर्न नसक्ने महसुस गर्दै निर्देशनको अभिभारा पनि आफैले लिएको बताएकी छिन् ।‘१ वर्षदेखि यो फिल्ममा काम गर्दा महसुस भयो कि यसलाई मबाहेक कसैले न्याय गर्न सक्दैन । त्यसैले अभिनयका थुप्रै सम्भावनालाई पन्छाउँर्द मैले फेरि एक पटक निर्देशकको ह्याट लगाउने निर्णय गरेकी छु,’ उनले लेखेकी छिन् ।
कंगनाले यसअघि ‘मनिकर्निका’को निर्देशन गरेकी थिइन् । आधा फिल्म सुटिङ गरेपछि यसका निर्देशक क्रिससँग कंगनाको विवाद बढेपछि उनले क्रिसलाई निकालेर बाँकी काम आफैंले सकाएकी थिइन् ।
यो फिल्ममा रितेश शाहको लेखन रहेको छ । रितेशले यसअघि ‘पिंक’, ‘कहानी’, ‘कहानी २’ आदि फिल्ममा काम गरेका छन् । कंगनाले इन्दिरा गान्धीको समयको कथा प्रस्तुत गर्ने भए पनि यो बायोपिक नभएको बताएकी छिन् । उनले फिल्मले इमर्जेन्सीको समयको सामाजिक राजनीतिक कथा प्रस्तुत गर्ने दाबी गरेकी छिन् ।

गायन सम्राट रामकृष्ण ढकालको आक्रोश: ‘अति भयो, सहनै सकिएन !’

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

प्रतिक्रिया