सङ्क्रमणकालीन न्यायसम्बन्धि कार्यदलले शीर्ष नेताहरूलाई आज प्रतिवेदन बुझाउँदै

काठमाडौँ- सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन गठित राजनीतिक कार्यदलले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाउने भएको छ ।
प्रधानमन्त्रीको सचिवालयअनुसार बुधबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यालयमा कार्यदलले प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाउन लागेको हो ।
कार्यदलले गत बिहीबार सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकमा प्रमुख तीन दलहरूबिच सहमति जुटाएको थियो ।
आज नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको छ ।
सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुर्याउन बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन (टिआरसी), २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा कार्यदलका सदस्यहरूबिच सहमति भएको छ । साथै पीडितलाई केन्द्रमा राखेर, सर्वोच्चका नजिरलाई ख्याल गरेर अन्तर्राष्ट्रिय कानुनसँग नबाझिने गरी सहमति गरिएको छ ।
यस विधेयकलाई चालु संसद्बाटै पारित गरेर अघि बढाउने तयारीमा शीर्ष नेताहरू रहेका छन् ।

सरकारमा जाने विषय हाम्रो प्राथमिकतामा छैनः अध्यक्ष दाहाल

'सामुदायिक वनलाई समृद्धिसँग जोड्नुपर्छ'

कैलाली कारागार मृत्यु प्रकरण : गृहमन्त्री लेखकले बोलाए सुरक्षा निकायका प्रमुखल…

एआईको प्रयोग गरी अधिकतम लाभ लिन सक्नुपर्छ : सञ्चारमन्त्री गुरुङ

विद्युत् व्यापारमा साढे चार अर्ब फाइदाः प्रधानमन्त्री ओली

सभापति देउवाद्वारा जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त

नेपाली पर्वहरूले समानताको सन्देश प्रवाह गर्दै आएका छन् : उपराष्ट्रपति यादव

प्रतिक्रिया