रौतहटमा डुबेर बेपत्ता युवकको शव फेला

रौतहट - रौतहटमा नुहाउने क्रममा बेपत्ता भएका एककाे शव फेला परेको छ । लालबकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएको स्थानबाट ४ किलोमिटर टाढा युवकको शव सशस्त्र प्रहरीले बरामद गरेको छ।
नुहाउने क्रममा डुबेर बेपत्ता भएका परोहा नगरपालिका ४ का सर्वजीत रायको छोरा बर्ष १६ को सचिन कुमार रायको शव घटनास्थल बाट ४ किलोमिटर टाढा सशस्त्र प्रहरीले मंगलबार साँझ फेला पारेको सशस्त्रका एसपी बिक्रम हुमागाईंले जानकारी दिए ।
गत आइतबार अपरान्ह ४ बजे आफ्नै गाउँ छेउको लालबकैया नदीमा नुहाउने क्रममा सचिन डुबेर बेपत्ता भएका थिए। घटनाको खबर लगतै सशस्त्र प्रहरी बल ११ नम्बर हेक्वा रौतहटबाट विपद उद्धारका सामग्रीसहित गएका १० जनाको टोलीले लगातारको प्रयास पछि मंगलवार अबेर साँझ घटनास्थल बाट ४ किलोमिटर टाढा बैरिया पुल नजिक लालबकैया नदीबाट सचिनको शव फेला पारेको एसपी हुमागाईंले बताएका छन ।
मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा पठाइएको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

देशभर ९१ प्रतिशत धान रोपाइँ, गत वर्षभन्दा ८ प्रतिशत बढी

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

कैलाली कारागार झडपका मृतक चौधरीको शव परिवारले बुझे

कर्णालीमा ‘राउटे करिडोर’ बन्दै

रातो खोलामा आएको बाढीले बगाउँदा युवकको मृत्यु

स्यालले टोक्दा तीनजना घाइते
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd_csqCvKW43M_eggwkt1d61ulreuqi9mbqe20bxq5o22niusyb4suyltl6dzwbsopjoitajiq_Gy5v03MM6z_oegnun6xhtrhgm5euakyhsxcysb2gpudhtljlirdwwswpyroqzzejub8kdwe.jpg)
पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजन घुइँचो

प्रतिक्रिया