प्रधानमन्त्री ओलीसँग राष्ट्रसंघका आवासीय प्रतिनिधि सिङ्गरको शिष्टाचार भेट

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि हाना सिङ्गर हम्दीले आज सिंहदरबारमा शिष्टाचार भेट गरेकी छन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय प्रतिबद्धता र घोषणाप्रति प्रतिबद्धता जनाउँदै नेपालको राष्ट्रिय आकाङ्क्षका रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई सार्थक बनाउन राष्ट्रसंघको सहयोगको अपेक्षा व्यक्त गरे ।
नेपालको समृद्धि, सुशासन, विकास र स्थिरताका लागि मुलुकका दुई ठूला दलको सहकार्यमा नयाँ सरकार गठन भएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धी कानुनलाई राजनीतिक सहमतिका आधारमा टुङ्ग्याउने तयारी भएको जनाउँदै यस्ता सवालमा राष्ट्रसंघको सदैव सहयोगको अपेक्षा व्यक्त गरे ।
आवासीय प्रतिनिधि सिङ्गरले नेपालका विकास र समृद्धिका प्राथमिकताका क्षेत्रमा राष्ट्रसंघको निरन्तर साथ रहने विश्वास दिलाइन् ।
राष्ट्रसंघले नेपालको गरिबी निवारण, ऊर्जा, स्वास्थ्य, विपद् जोखिम न्यूनीकरण र अन्य सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको छ भने नेपालले अन्तर्राष्ट्रिय शान्ति र सुक्षाका लागि राष्ट्रसंघीय नीतिबमोजिम शान्ति सेनामार्फत योगदान गर्दै आएको छ ।

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रतिक्रिया