बाँदर नियन्त्रणका लागि दीर्घकालीन समाधान खोज्न सरकारलाई समितिको निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर नियन्त्रणका लागि दीर्घकालीन समाधान खोज्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बुधबार बसेको समिति बैठकले दीर्घकालिन रूपमा बाँदर नियन्त्रणका गर्नुपर्ने कारणहरूको अध्ययन गरी समाधान खोज्न र त्यसमा जटिलता देखिए एक महिनाभित्र समितिमा जानकारी गराउन वन मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकले जंगली जनावरलाई मानव बस्तीमा आउनका लागि रोक्न आवश्यक सुरक्षाको प्रबन्ध गरी क्षतिको न्यूनीकरण गर्न पनि निर्देशन दिएको छ ।
त्यस्तै बाँदर, बँदेल, दुम्सी, निलगाई लगायतका जंगली जनावरबाट कृषि बालीमा गरिरहेको क्षतिको उचित मूल्याङ्कन गरी आवश्यक क्षतिपूर्तिको पहल गर्न पनि निर्देशन दिएको छ ।
बैठकमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले अहिले ग्रामीण क्षेत्रमा रातो बाँदरको समस्या निकै देखिएको भन्दै यसअघि भारतमा अध्ययन गरेर प्राप्त भएको प्रतिवेदनको आधारमा समाधान खोजिने जानकारी दिए ।
उनले वन्यजन्तु सम्बन्धी ऐन कानुनहरूको समयानुकूल परिमार्जन गरी विकास र जनमैत्री बनाउनका लागि पहल गर्ने उल्लेख गरे ।
बैठकमा समिति सदस्यहरूले जंगली जनावरबाट कृषि बालीमा गरिरहेको क्षति, मानव बस्तीमा भइरहेको अतिक्रमण र बाघ, भालु, हात्ती लगायतका जनावरको आक्रमणबाट मानिसको ज्यान समेत गएकाले उचित समाधान खोज्न सरकार गम्भीर हुनुपर्ने बताएका थिए ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_Sz4P28Qf2V_bn5oohs8zivbquberexvmbg4wjijtxb7jz909xs8nrwl9nvycm0i4wenovs6.jpg)
प्रतिक्रिया