आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

नापीका सर्भेक्षक, खरिदारसहित तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय ललितपुरका सर्भेक्षक संजिवकुमार यादव र आर.बि. लेखापढी सेन्टरका संचालक राम बाबु भुजेलविरुद्ध मुद्दा दायर गरेको छ ।

अख्तियारले सर्भेक्षक यादव र लेखापढी सेन्टरका संचालक भुजेललाई सेवाग्राहीबाट चार लाख घुससहित पक्राउ गरेर नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको सिलसिलामा नापी कार्यालय ललितपुरका सर्भेक्षक यादव, भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरका खरिदार मोतिराम सुवेदी र लेखापढी सेन्टरका संचालक भुजेलसमेतको मिलोमतोमा जग्गा हाल साविक गर्न/गराउनका लागि चार लाख घुस लिइएको देखिएपछि अख्तियारले विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरेको जनाएको छ ।