कांग्रेसले १०० दिने सांगठनिक अभियान सञ्चालन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधबारबाट ललितपुरमा सुरु भएको छ ।
पार्टी कार्यालय सानेपामा बुधबार बसेको बैठकमा विभिन्न ११ वटा एजेण्डा प्रस्तुत गरिएको छ । बैठकले महासमिति बैठकमा पेस भएका प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने एजेण्डा रहेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
त्यस्तै राष्ट्रिय सहमतिको सरकारका सम्बन्धमा भएको सहमति अनुमोदन र भ्रातृ संगठनहरूको अधिवेशनको सन्दर्भमा निर्देशक समिति बनाउने एजेण्डा रहेको उनले बताए । त्यस्तै बैठकले कार्यसम्पादन गरेका निर्णयहरूलाई भने अनुमोदन गरेको प्रवक्ता महतले जानकारी दिए । अन्य एजेण्डाहरूमा भ्रातृ संगठनहरूको अधिवेशनको सन्दर्भमा निर्देशक समिति बनाउने, १०० दिने सांगठनिक अभियान सञ्चालन गर्ने, पार्टीका विभिन्न वडादेखि माथिल्लो तहमा रिक्त स्थानका विधानतः पदपूर्ति गर्ने लगायतका विषयमा पनि केन्द्रीय समितिले आवश्यक निर्णय गर्ने उनले बताए ।
त्यस्तै बैठकले नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको ९ एन–एजेडी हेलिकप्टर दुर्घटनाप्रति दुख व्यक्त गर्दै दुर्घटनाका जाँच गर्न आग्रह गरेको प्रवक्ता महतले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया