डेंगी सङ्क्रमणबाट विद्यार्थी बिरामी परेपछि दुई विद्यालय बन्द

दमौली (तनहुँ)- तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित दुई निजी विद्यालयका विद्यार्थी डेंगी सङ्क्रमणले बिरामी हुन थालेपछि आजदेखि विद्यालय बन्द गरिएको छ ।
आँबुखैरेनी गाउँपालिका–३ स्थित मर्स्याङ्दी बालज्योति बोर्डिङ स्कूल र बालशिक्षा सदन बोर्डिङ स्कूलका केही विद्यार्थीमा डेंगी सङ्क्रमण देखिएपछि केही दिनका लागि विद्यालय बन्द गरिएको हो ।
विद्यार्थीमा ज्वरो आउने समस्यापछि परीक्षण गर्दा डेंगी सङ्क्रमण पुष्टि भएको र यस क्षेत्रमा केही दिन सङ्क्रमण फैलिइरहेकाले विद्यालय बन्द गराइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख निर्मला कुँवरले जानकारी दिए । उनले भने, 'अन्य विद्यालयले विद्यार्थीको बिरामीको अवस्थाअनुसार बिरामी सङ्ख्या वृद्धि भएको खण्डमा विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । डेंगी रोगको रोकथाम र नियन्त्रण सम्बन्धमा पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन भनिएको छ ।' कुँवरले डेंगी सङ्क्रमितको आँबुखैरेनी अस्पतालमा निःशुल्क उपचार भइरहेको उल्लेख गरे ।
आँबुखैरेनीमा हालसम्म तीन सय ५० भन्दा बढीमा डेंगी सङ्क्रमण पुष्टि भएको छ । डेंगी सङ्क्रमण बढेपछि जनचेतनामूलक कार्यलाई जोड दिइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए ।

बुढानिलकण्ठमा सम्यक स्कूल सञ्चालनमा, गुणस्तरीय शिक्षाका लागि नयाँ विकल्प

एन–प्याब्सनद्वारा शिक्षक आन्दोलनप्रति ध्यानाकर्षण, सरकारलाई संवादको वातावरण सिर्ज…

थानपती आधारभूत विद्यालयले शैक्षिक सुधारका लागि अक्षयकोष स्थापना

तनहुँमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक आइपुग्यो

म्याग्दीमा शैक्षिक सत्र अगावै पुस्तक

आन्दोलनरत शिक्षकलाई शिक्षा मन्त्रालयले बोलायो वार्तामा

आजबाट शिक्षक महासंघ पुनः सडक आन्दोलनमा

प्रतिक्रिया