दूतावासले भन्योः युएईमा रहेका नेपालीलाई रक्सी खाएर झगडा नगर्नू

काठमाडौँ- युएईमा रहेका नेपालीलाई रक्सी खाएर हल्ला र झगडा नगर्न नेपाली दूतावासले आग्रह गरेको छ । युएईमा नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने सूचना प्राप्त भएकाले सबैलाई सचेत रहन दूतावासले अनुरोध गरेको छ ।
राजदूतावास परिसर बाहिर मदिरा सेवन गरेर वा नगरेर हुलहुज्जत गर्ने, अराजक व्यवहार प्रदर्शन गर्ने, दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीलाई अपशब्द प्रयोग गरी गाली गर्नेलाई युएई सरकारको तर्फबाट ड्युटीमा तैनाथ सुरक्षाकर्मीको सूचनाका आधारमा युएईका प्रहरीले कारबाही गर्न सक्ने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।
दूतावासले युएईको ऐन कानुन, नियम र मूल्य मान्यताको पालना गरी सोही अनुरुप व्यवहार युएईमा बस्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई अनुरोध गरेको छ ।

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

भारतस्थित नेपाली दूतावासले भन्यो- भारतमा रहेका नेपालीले सुरक्षासम्बन्धी निर्द…

प्रतिक्रिया