रौतहटमा नक्कली प्रहरी पक्राउ

रौतहट - रौतहटबाट एक नक्कली प्रहरी पक्राउ परेका छन् । रौतहटको चन्द्रनिगाहापुरबाट एक जना नक्कली घुमुवा प्रहरी पक्राउ परेको प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा स्थानीय माधव नारायण नगरपालिका १ का रामबली साहको छोरा २४ वर्षीय रमेश साह रहेको जिल्ला प्रहरी प्रवक्ता एलिजा गिरीले जानकारी दिइन् । उनलाई सार्वजनिक मुद्दा अन्तर्गत अभद्र ब्यबहारमा मुद्दा दायर गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता गिरीले बताइन् ।
गौर चन्द्रनिगाहापुर सडकखण्ड अन्तर्गत ड्डमरिया बजारमा गत मंगलबार राति ११ बजे आरोपी रमेशले आफू सादा पोसाकको घुमुवा प्रहरी हूँ भन्दै केही मानिसको जिउको खानतलासी गर्ने र पैसा असुल गर्ने योजनामा रहेको भनी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरमा सूचना आएको थियो । सूचना लगत्तै प्रहरी टोलीले आरोपी साहलाई नियन्त्रणमा लिएर उसले बोकेको झोला चेकजाँच गर्दा सशस्त्र प्रहरीको एकथान तयारी पोसाक समेत बरामद भएको थियो ।
हाल आरोपी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया