'लाज शरणम'मा हाँस्य कलाकारहरूको जमघट, भदौदेखि छायांकन

काठमाडौँ - 'लाज शरणम्' चलचित्र निर्माण टिमले चलचित्रमा अभिनय गर्ने कलाकारहरूको नाम सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल फेसबुक पेजमार्फत निर्माण पक्षले नाम सार्वजनिक गरेको हो ।
चलचित्रमा कमलमणि नेपाल, माला लिम्बु, सागर लम्साल, विजय बराल र मुकुन्द श्रेष्ठको अभिनय रहनेछ । अन्य कलाकारहरूलाई पनि फिल्ममा ल्याउने तयारी भइरहेको निर्माण पक्षको दाबी छ ।
जेपीटी क्रिएसनका निर्देशन कुमार कट्टेलले यी कलाकारहरू लाज शरणममा हुने इकागजलाई जानकारी दिए । भदौको तेस्रो सातादेखि छायांकन सुरु हुने यो फिल्मलाई महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेदेखि प्रदर्शनमा ल्याउने योजना छ।
चर्चित हाँस्य टिभी सिरियल 'सक्किगोनि' टिमले 'लाज शरणम्' निर्माण गर्न लागेको हो । चलचित्र कुमारले निर्देशन गर्नेछन् । कथा पनि उनी स्वयंले लेखेका छन् । नवीन श्रेष्ठ निर्माता र राम नरेश शाह सह–निर्माताको रूपमा रहनेछन् ।
लाज शरणममा मा अभिनय गर्ने कलाकारहरू को को छन् ?
मुकुन्द श्रेष्ठ
लोकप्रिय अभिनेता मुकुन्द श्रेष्ठ भिलेनका रुपमा परिचित छन् । उनले चलचित्रमा नकारात्मक भूमिकामा अभिनय गर्छन् । उनले लामो समयपछि फिल्ममा पुनरागमन गर्न लागेका छन्। एक दशकको अन्तरालपछि उनी लाज शरणम् फिल्ममा शीर्ष भूमिकामा देखिन लागेका हुन् । मुकुन्द श्रेष्ठले 'देउता', 'अर्जुन', 'कस्तो साइनो', 'सन्तानको माया', 'धड्कन', र 'सपना' जस्ता थुप्रै चर्चित फिल्महरूमा अभिनय गरेका छन् । उनले पछिल्लो पटक 'कोहिनुर' फिल्ममा काम गरेका थिए भने डेढ वर्षअघि 'मेरी बास्सै' सिरियलको केही 'एपिसोड' पनि देखिएका थिए।
माला लिम्बु
माला लिम्बु म्युजिक भिडियोबाट उदाएकी कलाकार हुन् । उनको चर्चित म्युजिक भिडियो 'काले दाइ' लोकप्रिय मानिन्छ । 'नक्कली नानी', 'झकास झापाली', 'ए झरी' उनको चर्चित म्युजिक भिडियोहरू हुन् । उनले अहिलेसम्म पाँच वटा फिल्ममा अभिनय गरेकी छिन् । 'दुबई काठमाडौँ' , 'वाइ वे', 'पुरानो बुलेट' र 'पर्व'लयागत फिल्ममा उनको अभिनय छ । उनले ५० भन्दा बढी म्युजिक भिडियोहरूमा अभिनय र डान्स गरेकी छिन् । धरान निवासी माला काठमाडौँको धापासीमा बस्छिन् । उनलाई पेन्टिङमा पनि शौख छ ।
विजय बराल
नेपाली चलचित्रमा आफ्नो कामका लागि परिचित अभिनेता र कवि हुन् विजय बराल । उनी थिएटरबाट आएका कलाकार हुन् । उनले सन् २०१४ मा 'कबड्डी' फिल्मबाट डेब्यु गरेका थिए । उनी प्रायः मण्डला थिएटरमा नाटकहरूमा अभिनयमा देखिन्छन् । 'अचेल हेर्नु भयो त' भन्दै मण्डलाको पेजमा बराल छाएका छन् । उनकाे अभिनयको यात्रा मण्डला थिएटरबाट सुरु भएको हाे । उनले 'कबड्डी कबड्डी', जारी, झुम्कीलगायत धेरै फिल्ममा अभिनय गरेका छन् । उनको अभिनय दर्शकको मन मुटुमा बस्न सफल भएको छ । दर्शकलाई हँसाउने र रुवाउने दुवै अभिनय उनको दमदार छ ।
सागर लम्साल
स्याङ्जा घर भएका सागर कला क्षेत्रमा निकै चर्चित नाम हो । उनले संगीत तथा नाट्य क्षेत्रमा समर्पित रही योगदान पुर्याएका छन् । उनी 'बले' नामले परिचित छन् । सागरले 'बले' पात्रको रुपमा भद्रगोलको १८औं श्रृङ्खलामा प्रवेश गरेका थिए । उनले भद्रगोलको १८ र १९ भाग खेले र बाँकी चार भाग खेलेनन् । तर उनलाई ठूलो पर्दामा भन्दा धेरै राम्रो 'रेस्पोन्स' भद्रगोलबाट मिल्यो । चार भागपछि उनी फेरि २४औं भागमा “साङ्लो बोरो तपाईंको कपाल चै हो के” भने वाक्यसँगै प्रवेश गरे । जस पश्चात उनलाई दर्शकले चिन्न थाले । भद्रगोल र सक्किगोनि टेलिश्रृङ्खलाबाट चर्चा कमाएका उनले अहिले दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् ।
कमलमणि नेपाल
कमलमणि नेपाललाई 'खुपीका बा' भन्नासाथ सबैले चिन्छन् । उनी कक्रोचका बाउका नामले पनि परिचित छन् । कमलमणिले सक्किगोनिमा निर्वाह गरेकाे खुपीका बा क्यारेक्टर दर्शकहरूले निकै मन पराएका छन् । उनले टेलिफिल्म बाहेक फिल्महरूमा पनि अभिनय गरेका छन् । 'कबड्डी ४', 'छड्के २' र बहाव आदिमा उनले अभिनय गरेका छन् । 'कबड्डी ४ उनको चर्चित फिल्म हो भने 'छड्के २' उनकाे फ्लप फिल्म हो । उनले सफलताको सुख र असफलताको दुख अनुभव गरेका छन् ।
अर्जुन घिमिरे
अर्जुन घिमिरेलाई उनको नामले कमैले चिन्छन् । तर पाँडे भन्नासाथ सबैले चिन्छन् । उनले हिजो आजका कुराबाट आफ्नो अभिनय यात्रा सुरु गरेका हुन्। पाँडे अर्जुनले सक्किगोनिमा निर्वाह गरेकाे एउटा क्यारेक्टर हाे । जसलाई दर्शकहरूले निकै मन पराएका छन् । पाँडे भन्नासाथ सबैकाे दिमागमा चुस्स सेतो दाह्री पालेकाे, बाक्लो टाेपी लगाएकाे, निलाे गलबन्दी ओढेको छुच्चाे क्यारेक्टरको याद आउँछ । जाे मान्छे भँडुवा, अल्छीको रुपमा परिचित छ ।
फिल्म बनाउन सजिलो छैन । कथावस्तु कमजोर हुँदा सारा फिल्म नै कमजोर बन्न पुग्छ । तर सानो सन्देश र चोटिलो संवादले सुन्दर कथा बन्न सक्छ । त्यसको उदाहरण हो सिरियल सक्किगोनि । जसले निकै लोकप्रियता कमाएको छ । दर्शकको मन मुटुमा बस्न सफल भएको छ । सक्किगोनि जस्तै लाज शरणम् चलचित्रले दर्शकको माया पाउँला या नपाउँला त्यो कथाक्रमले देखाउनेछ ।
र, यो पनि
- सक्किगोनी’ टिमको नयाँ प्रोजेक्ट: ‘लाज शरणम्’ फिल्म निर्माणको औपचारिक घोषणा
- मुकुन्द श्रेष्ठको धमाकेदार कमब्याक: 'लाज शरणम्' फिल्ममा मुख्य भूमिका

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया