हवाई सुरक्षाको मापदण्ड कार्यान्वयन भए/नभएको छानबिन गरी नीतिगत सुधार गर्न सरकारलाई निर्देशन

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपालको हवाई सुरक्षाको मापदण्ड कार्यान्वयन भए/नभएको छानबिन गरी नीतिगत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छलफल गर्दै पछिल्लो समय निरन्तर हवाई दुर्घटना भइरहेको अवस्थामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड कार्यान्वयन भए/नभएको १५ दिनभित्र छानबिन गरी आवश्यक सुधार गर्न सरकारलाई निर्देशन दिएको हो । हवाई सुरक्षा मापदण्ड कार्यान्वयनमा क्रममा कोही दोषी देखिए कारबाहीको सिफारिसमा विज्ञहरूको संलग्नतामा एक स्वतन्त्र छानबिन समिति गठन गर्न पर्यटन मन्त्रालयलाई निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए ।
बैठकले यसअघि भएका हवाई दुर्घटनापछि गठन भएका जाँचबुझ आयोगका प्रतिवेदनको अवस्थाको विवरण पेस गर्न पनि मन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यस्तै बैठकले नेपालको हवाई उडान सुरक्षा सम्बन्धी छुट्टै नीति आवश्यक देखिएकाले उक्त नीति तर्जुमान गर्न सरकारलाई निर्देशन दिएको सभापति यादवले बताए ।
बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक छिटो सदनमा पेस गर्न पनि निर्देशन दिएको सभापति यादवले जानकारी दिए ।
बैठकमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर रहेको बताए । हवाई सुरक्षा मापदण्डमा तलमाथि गर्नेलाई आवश्यक अध्ययन गरी कारवाही गर्ने उनले बताए । त्यस्तै उनले उडान सुरक्षासम्बन्धी ऐन निर्माणका साथै विधेयकहरूलाई पनि छिट्टै अघि बढाउने जिकिर गरे ।
मन्त्री पाण्डेले समग्र उड्डयन क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना निर्माणको तयारी गरिरहेको जानकारी दिए । हवाई सुरक्षाका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुधारका उपाय खोजिने उनले बताए ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया