भारत छाडेर कहाँ जाँदैछिन् हसिना ?

नयाँ दिल्ली - बंगलादेशी प्रधानमन्त्री शेख हसिनासहित सोमबार भारत पुगेका हसिनाका दलका सदस्यहरू हाल अर्को गन्तव्यका लागि भारतबाट प्रस्थान गर्न थालेका छन् ।
आरक्षण आन्दोलनले राजनैतिक असन्तुष्टि निम्त्याइ हसिनालाई प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य पारेपछि शेख हसिना र शेख रेहाना (दिदीबहीनी) सहयोगीसहित भारत आएका थिए ।
हसिनाको दलका अधिकांश सदस्यहरू अब आफ्नो अर्को सुरक्षित गन्तव्यका लागि भारत छोड्ने तरखरमा रहेको स्रोत जनाएको छ । बङ्गलादेशको प्रतिष्ठित राजनीतिक परिवारका दुई बहिनीका सहयोगीको सङ्ख्या दुई अंकमा छ ।
उनीहरू भारत आउनुपूर्व भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल अधिकारीहरूसँग निरन्तर सम्पर्कमा थिए । दिल्लीमा उनले नेतृ हसिनासहितको टोलीको व्यवस्थापन गरेका थिए ।
नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वको नव निर्वाचित अन्तरिम सरकारका सदस्यहरूले बिहीबार साँझ नै शपथ ग्रहण गर्ने बङ्गलादेश सेना प्रमुख जनरल वाकर–उज–जमानलेलाई उदृत गर्दै डेली स्टारले जनाएको छ ।
अन्तरिम सरकारमा १५ जना सदस्य हुनसक्ने संकेत गर्दै जमानले अब बङ्लादेशको स्थितिमा उल्लेखनीय सुधार हुँदै जाने र तीन–चार दिनभित्र सामान्य अवस्थामा फर्कने आशा व्यक्त गरे । उनले विगतमा भएका अपराधमा संलग्न व्यक्तिहरूलाई नछोडी उनीहरूविरुद्ध कानुनी कारबाही गरिने बताएका छन् ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया