कांग्रेसको केन्द्रीय समिति बैठकमा ११ वटा एजेण्डामाथि छलफल

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा विभिन्न ११ वटा एजेण्डामाथि बिहीबार पनि छलफल भएको छ ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको बैठकमा उक्त एजेण्डामाथि आमन्त्रित प्रदेश सभापतिहरूले धारणा राखेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
त्यस लगत्तै केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु भएको उनले जानकारी दिए । केन्द्रीय कार्यसमिति बैठकमा निरन्तर छलफल गरेर आगामी २८ गतेसम्म बैठक सम्पन्न गर्ने तयारी रहेको प्रवक्ता महतले बताए । उनले प्रदेशलाई पार्टी नेतृत्वले कुनै हस्तक्षेप नगरेको बताए ।
बुधबारबाट सुरु बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सांगठनिक अभियान, भ्रातृ संघ तथा शुभेच्छुक संस्था लगायतका एजेण्डामाथि छलफल भइरहेको छ ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया