सरकारले खारेज गर्यो राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्तिसम्बन्धी निर्देशिका

काठमाडौँ- सरकारले सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्तिसम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले सरकारले खारेज गर्यो राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्तिसम्बन्धी निर्देशिका खारेज गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा सर्त तथा सुविधासम्बन्धी निर्देशिका २०८० खारेज गरेको प्रवक्ता गुरुङले बताए । यसअघि प्रचण्ड नेतृत्व सरकारले मुख्य सचिवलाई राजीनामा गर्न लगाएर शंकरप्रसाद बैरागीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार बनाएका थियो ।
तर, केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि बैरागी राजीनामा दिन बाध्य भएका थिए । उनले राजीनामा दिएसँगै यो पद आवश्यक नभएको भन्दै सरकारले राष्ट्रिय सुरक्षा सल्लाहकारको नियुक्ति, सेवा सर्त तथा सुविधासम्बन्धी निर्देशिका २०८० खारेज गरेको हो ।

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

जग्गा प्रकरणसम्बन्धी अडियो रेकर्डमाथि छानबिन होस्, दोषी देखिए जस्तोसुकै सजाय भो…

मेरो चरित्र हत्या गर्ने प्रयास भयोः मन्त्री अधिकारी

जनताको अपेक्षाअनुसार प्रभावकारी काम गरेर परिणाम देखाउने बेला आयोः प्रधानमन्त्…

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

प्रतिक्रिया