विधेयकका त्रुटि सच्च्याउन निगरानी समितिको आग्रह

काठमाडौँ - जवाफदेहिता निगरानी समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएका त्रुटि सच्याएर पारित गर्न आग्रह गरेको छ ।
समितिका संयोजक राजुप्रसाद चापागाईँले आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन तीन प्रमुख दल एक ठाउँमा उभिनु सकारात्मक भएपनि विधेयकका केही त्रुटि सच्च्याउनुपर्नेमा जोड दिइएको हो ।
कानुन, न्याय तथा मानवअधिकार समितिले उल्लंघनको परिभाषा र वर्गीकरण तथा सजाय घटाई अभियोजनलगायत विषय संशोधन गर्नुपर्ने समितिको माग छ ।
अपराधको गाम्भीर्य बढाउने र घटाउने अवस्थाको स्वतन्त्र न्यायिक मूल्यांकन गरी सजाय निर्धारण गर्न सक्ने अधिकार अदालतलाई दिने गरी विधेयकमा भएको व्यवस्थालाई समितिले तोडमोड गरेको समितिले जनाएको छ ।
सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सहज रुपमा टुङ्ग्याउन यसप्रति चासो राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समूहलाई सघाउन निगरानी समितिले आग्रह गरेको छ ।

नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबर्टिक्सलगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरू)

आज जनै पूर्णिमा

चितुवापीडितलाई रु ३७ लाख

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

छोरीको कलायात्राले चित्रकार बनेकी कृपा

सप्तरीमा बेवारिसे अवस्थाको ३९६ केजी गाँजा बरामद

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी चलाउन बन्द

प्रतिक्रिया