विपदमा परी हालसम्म १७० को मृत्यु, २०३ जना घाइते

काठमाडौँ- अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपदमा परी आज दिउँसोसम्म एक सय ७० जनाको मृत्यु भएको छ ।
काठमाडौँ उपत्यकामा तीन, कोशी प्रदेशमा २५, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा ३१, गण्डकी प्रदेशमा ५४, लुम्बिनी प्रदेशमा ३३, कर्णाली प्रदेशमा आठ र सुदूरपश्चिम प्रदेशमा १० गरी जम्मा एक सय ७० जनाको मृत्यु भएको हो ।
विपदमा परी हालसम्म दुई सय तीन जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा ११, कोशी प्रदेशमा ३७, मधेस प्रदेशमा १०, बागमती प्रदेशमा १९, गण्डकी प्रदेशमा ४६, लुम्बिनी प्रदेशमा १३, कर्णाली प्रदेशमा ५३ र सुदूरपश्चिम प्रदेशमा १४ जना घाइते भएका हुन् ।
बाढीपहिरोमा परी कोशी प्रदेशमा दुई, बागमती प्रदेशमा ४१, गण्डकी प्रदेशमा दुई, लुम्बिनी प्रदेशमा एक, कर्णाली प्रदेशमा एक र सुदूरपश्चिम प्रदेशमा एक गरी ४८ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

रकम हिनामिना कसुरमा एक जना पक्राउ

रक्तसञ्चार गुणस्तरका मापदण्ड पालना गरेका छौँ : रेडक्रस सोसाइटी

विद्यार्थीका सृजनाले उनीहरूलाई उत्प्रेरित गरेको छ : उपप्रमुख डङ्गोल

कार्यक्रम ‘ऐना’को दोस्रो संस्करण आजदेखि प्रसारण हुने

लामिछानेको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक प्रहरी प्रधान कार्यालय तानिए

कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

प्रतिक्रिया