भ्रष्टाचार नियन्त्रणमा सरकारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले भ्रष्टाचार नियन्त्रण र सुशासनका मुद्दामा सरकारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा उनीहरूले मुलुकलाई सुशासनतर्फ अघि बढाउनका लागि सरकारमा रहेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका हुन् । साथै उनीहरूले महासमिति बैठकमा उठेका महत्वपूर्ण विषयलाई कार्यान्वयनमा लैजानुपर्ने समेत धारणा राखेका थिए ।
बैठकमा विभिन्न ११ वटा एजेण्डाहरूमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । उक्त एजेण्डाहरूलाई छलफल गरी पारित गर्ने तयारी रहेको उनले बताए ।
बुधबारबाट सुरु बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सांगठनिक अभियान, भ्रातृ संघ तथा शुभेच्छुक संस्था लगायतका एजेण्डामाथि छलफल भइरहेको छ । बैठक साउन २८ गते सम्पन्न गर्ने गरी छलफल भइरहेको प्रवक्ता महतले बताए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया