विभेद गर्छौ किन, विवेक छैन र ?

कामीकी छोरी म, म मान्छे होइन र ?
विभेद गर्छौ किन, विवेक छैन र ?
जन्म्यौ रे तिमी मनुको मुखबाट ! जन्मेँ रे म मनुको पाउबाट
सुन्दैनौ किन दलनको चित्कार ? दलितको घाउबाट,
न्यायको विधानमा समता छैन र ?
कामीकी छोरी म, म मान्छे होइन र ?
कसले लेख्यो ? जातको विधान
कसले लेख्यो विभेदको संविधान
मुक्तिको ध्वनि गुन्जिन्छ अब इतिहासको घाउबाट,
कामीकी छोरी म, म मान्छे होइन र ?
विभेद गर्छौ किन ? विवेक छैन र?
प्रतिक्रिया