छतमा करेन्ट लागेर बालकको मृत्यु

रौतहट- छतमा खेल्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । ईशनाथ नगरपालिका-४ मठिया टोल बस्ने महमद साहबानको छोरा ६ वर्षीय महमद सुलतानको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको हो ।
आफ्नै घरको छतमा खेल्ने क्रममा विद्युतीय तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

प्रतिक्रिया