'दलितलाई मन्त्री खै ?'

काठमाडौँ- राज्य सञ्चालनका विभिन्न निकायमा दलित समुदायको प्रतिनिधित्व हुनुपर्ने भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।
दलितका लागि दलित अभियान, नेपालले सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलितलाई पनि सहभागिता गराउनुपर्ने भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले राज्य सञ्चालनका विभिन्न निकायमा दलित समुदायलाई घृणा गरिएको बताएका छन् । प्रदर्शनमा सहभागीहरूले राज्यका महत्वपूर्ण निकायमा दलित समुदायको प्रतिनिधित्व गर्नका लागि निरन्तर दबाब दिने जनाएका छन् । दलित समुदाय हक अधिकार स्थापित गर्नका लागि पनि राज्यका निकायहरूमा आफूहरूको उपस्थिति हुनै पर्ने उनीहरूको भनाइ छ ।
प्रदर्शनका सहभागीहरूले 'दलितलाई मन्त्री खै ?' 'दलितलाई बजेट खै ?' ‘दलितलाई राजदूत खै ? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

१२ लाख बढी चोर्ने पोखराबाट पक्राउ

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

सात वर्ष लगाएर देवघाटमा बनेको विद्युतीय शवदाह सञ्चालनमा आउने

११ जनालाई डिएसपीवाट एसपीमा बढुवा गराउन सिफारिस

प्रतिक्रिया