रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरू पढ्नका लागि देश बाहिर जाने परिस्थिति सिर्जना भयो : मन्त्री भट्टराई
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले मुलुकमा रोजगारीका अवसर प्राप्त नभएकाले युवाहरू पढ्नका लागि देश बाहिर जाने परिस्थिति सिर्जना भएको बताएकी छन् ।
शनिबार काठमाडौँमा त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको ५ औं साधारण सभा उद्घाटन गर्दै मन्त्री भट्टराईले विद्यार्थीहरू पढ्नका लागि बाहिरिनुको कारण मुलुकको शैक्षिक प्रणाली वा विश्वविद्यालयमात्रै नभइ ज्ञान पछिको रोजगारीको अवसर प्राप्त हुन नसक्ने देखेर उनीहरू देश बाहिर जाने परिस्थिति सिर्जना भएको बताएकी हुन् । उनले राजनीतिक अस्थिरताका कारण देशमा केही हुँदैन भन्ने भाष्यका कारण पनि विद्यार्थीहरू बाहिरिइरहेको जिकिर गरिन् ।
मन्त्री भट्टराईले शिक्षालाई मजबुत बनाउन विश्वविद्यालय तयार छ भन्ने प्रमाणित गर्न सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने धारणा राखिन् । विश्वविद्यालयमा राजनीतिक हस्तक्षेपकारी नीतिले शैक्षिक संस्थाहरू दुर्बल हुँदै गएको उनको भनाइ छ । उनले विद्यालय शिक्षा ऐन बनाइरहँदा शैक्षिक पाठ्यक्रम लगायतका विषयमा धेरै काम गर्न बाँकी रहेको बताइन्
कार्यक्रममा विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

अख्तियारको निर्णयविरुद्ध एकीकृत समाजवादी कानुनी उपचारमा जाने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ: मन्त्री गुरुङ

स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔंः उद्योग मन्त्री भण्डारी

प्रतिक्रिया