इंगल्यान्डसँगको श्रृंखलाअघि ‘फस्ट क्लास’ खेल खेल्ने कोहलीको चाह अधुरै
काठमाडौँ: इंगल्यान्ड र भारतबीच आउँदो अगस्ट ४ बाट टेस्ट श्रृंखला सुरु हुँदैछ । विश्व टेस्ट च्याम्पियनसिप फाइनलमा बुधबार न्यूजिल्यान्डसँग पराजित भएको भारतीय टिमले घरेलु टिम इंगल्यान्डविरुद्ध पाँच टेस्ट खेल्नेछ । तर त्यस श्रृंखला अगाडि विराट कोहलीको कप्तानीमा रहेको भारतले तयारी स्वरूप कुनै पनि ‘फस्ट क्लास क्रिकेट’ खेल खेल्न पाउने छैन ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) समक्ष ‘फस्ट क्लास क्रिकेट’ खेलका लागि अनुरोध गरेको तर त्यसको सुनुवाइ नभएको कप्तान कोहलीले बताएका छन् । ‘हामीले इंगल्यान्डसँगको श्रृंखला सुरु हुनुअघि केही खेल खेल्न चाहेको हौँ । तर सम्भव भएन । किन सम्भव भएन थाहा छैन,’ कोहलीले भने ।
टेस्ट च्याम्पियनसिप फाइनलका लागि पनि भारतीय टिमले तयारी स्वरप कुनै पनि ‘फस्ट क्लास’ खेल खेलेको थिएन । उता न्यूजिल्यान्डले भने दुई ‘फस्ट क्लास’ खेल खेलेर इंगल्यान्ड पुगेको थियो । फस्ट क्लास खेल खेल्न नपाए पनि तीन साता लामो तयारी भारतीय टिमका लागि पर्याप्त हुने पनि कोहलीको भनाइ थियो ।
पूर्वतालिका अनुसार भारतीय टिमले इंगल्यान्डमा जुलाईमा दुई फस्ट क्लास खेल खेल्ने वाला थियो । तर बीसीसीआईले नै इंगल्यान्ड तथा वेल्स क्रिकेट बोर्डलाई ती दुवै खेल रद्ध गर्न आग्रह गर्यो । ‘हामीसँगै ए टिम पनि इंगल्यान्ड आउने योजना थियो । त्यस टिमसँग हामीले दुई खेल खेल्ने तालिका पनि बनाइएको थियो । तर पछि त्यस योजनाले मूर्तरूप लिएन,’ भारतीय समाचार एजेन्सी पीटीआईले आफ्नो स्रोतको हवाला दिँदै लेखेको छ ।
कोहलीले काउन्टी टिम अथवा इंगल्यान्डकै ए टिमसँग अभ्यास खेल खेल्न चाहेका थिए । तर बेलायतमा घेलु सिजन चालु रहेको अवसथामा कोहलीले चाहना पूरा हुन सकेन ।

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

कमल थापाले जिते टेनिस उपाधि

प्रधानसेनापति टेनिस प्रतियोगिता बैशाख २१ गतेदेखि काठमाडौँमा

गोधुली रनिङ कपको उपाधि धरान–१४ लाई

लिभरपुलको पुन: जित, ७३ अंकसहित पहिलो स्थानमा

आज आइपीएलका सबैभन्दा महँगा खेलाडी आमुने-सामुने हुने

एनसेल एनएसएल सिजन–३ सुरु, आज बुटबल लुम्बिनी एफसी र झापा एफसीबी भीड्दै

प्रतिक्रिया