सर्लाहीमा एक युवक मृत फेला, हत्याको आशंका

मलङ्गवा (सर्लाही)- सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीमा आज एक युवक मृत फेला परेका छन् । टाँडी निवासी श्यामबाबु साहका छोरा १९ वर्षीय मुन्ना साह मृतावस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ ।
गाउँ नजिकै शैलेन्द्र रामको परालको भुस्सा राख्ने घरमा युवक मृत फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवं प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । मृतक मुन्नाको घाँटीमा चोट देखिएकाले घटना शङ्कास्पद रहेको उनले बताए ।
मृतकको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडाैँ पठाएको छ । घटनाका विषयमा अनुसन्धानका लागि एक युवतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलिष्टर सिंहले जानकारी दिए । रासस

नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबर्टिक्सलगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरू)

आज जनै पूर्णिमा

चितुवापीडितलाई रु ३७ लाख

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

छोरीको कलायात्राले चित्रकार बनेकी कृपा

सप्तरीमा बेवारिसे अवस्थाको ३९६ केजी गाँजा बरामद

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी चलाउन बन्द

प्रतिक्रिया