मन्त्री समक्ष कारखाना श्रमिक संघले गर्यो कानुन संशोधनको माग

वीरगन्ज- नेपाल कारखाना श्रमिक संघले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियालाई ज्ञापनपत्र बुझाउँदै श्रम सम्बन्धी कानुन संशोधन गर्न माग गरेका छन् ।
संघले मन्त्री चौरसियालाई शनिबार वीरगन्जमा भेटी ज्ञापनपत्र बुझाएको नेपाल कारखाना श्रमिक संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशीले बताए ।
योगदानमा आधारित सामाजिक सुरक्षा प्रभावकारी लागू नगराए पनि श्रम ऎन २०७४ को दफा १४५,१०९ र १५ को दुरुपयोग गरी श्रमिक कटौती, कानुन विपरीत श्रमिक सरुवा र जगेडामा राखी श्रमिकलाई अनावश्यक दु:ख दिइरहेकोले उक्त दफाहरू तत्काल संशोधन गर्न मन्त्री समक्ष संघले माग गरेको छ ।
यसैगरी ट्रेड युनियन खोल्न पाउने अधिकार कुण्ठित गर्दै परवानिपुरस्थित पन्ना पेपर मिल्स र साकेत टेक्सटाईलमा कार्यरत श्रमिकहरूलाई ट्रेड युनियन गठन गर्न लागेकाले रोजगारबाट निष्कासन गरेको समेत ज्ञापनपत्रमा उल्लेख छ । संघले समय सापेक्ष ट्रेड युनियन ऎन २०४९ लाई तत्काल संशोधन गर्न माग गरेको छ ।

नेप्से प्रेडिक्ट सफ्टवेयरदेखि रोबर्टिक्सलगायतका परियोजना प्रदर्शनीमा (तस्विरहरू)

आज जनै पूर्णिमा

चितुवापीडितलाई रु ३७ लाख

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

छोरीको कलायात्राले चित्रकार बनेकी कृपा

सप्तरीमा बेवारिसे अवस्थाको ३९६ केजी गाँजा बरामद

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी चलाउन बन्द

प्रतिक्रिया