कोटीहोममा भक्तजनको भिड (फोटोफिचर)

काठमाडौँ - पशुपतिनाथ मन्दिर परिसरमा भएको बृहत् कोटीहोम महायज्ञमा भक्तजनको भिड लागेको छ । साउनभर चल्ने कोटीहोममा अहिलेसम्म २५ लाखभन्दा बढी भक्तजनहरू सहभागी भएको संकल्पकर्ता विजय कृष्णमूर्तिले जानकारी दिए ।
महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेल, राधिका दासी, श्रीराम कथावाचक चन्द्रकला सखी र श्रीमद्भागवतकी लोकप्रिय युवा कथावाचिका देवी प्रतिभा, भारतीय गुरु महाराज अनिरुद्राचार्य र कृष्ण दमाई लगायतले कथा वाचन गरेका थिए ।
कोहीहोम साउन महिनाभिर चल्नेछ । दैनिक बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म कथा प्रवचनका साथै रुद्री पाठ, १८ पुराणपाठ, एक सय आठ श्रीमद्भागवत पाठ र सप्तचण्डी पाठ पराण गर्ने गरिएको छ ।
ज्येष्ठ नागरिक आश्रम, भक्तपुरको भवन निर्माणसँगै राष्ट्र शान्ति, विश्व कल्याण एवं गौरक्षार्थ महायज्ञ आयोजना गरिएको बताइएको छ ।

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया