प्राधिकरणको ३९औं वार्षिकोत्सव: कविता प्रतियोगितामा अनिल पौडेलको ‘आजित उद्घोष’ उत्कृष्ट
काठमाडौँ - नेपाल विद्युत प्राधिकरणले आफ्नो ३९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको खुला कविता प्रतियोगितामा अनिल पौडेलको ‘आजित उद्घोष’ ले प्रथम स्थान हासिल गरेको छ।
प्रधान कार्यालयस्थित रूफटप हलमा आयोजित यो कार्यक्रमको प्रमुख अतिथि चर्चित हास्यव्यङ्ग्यकार चट्याङ मास्टर (कृष्णमुरारी गौतम) थिए। कार्यक्रमको संयोजन विद्युतकर्मी साहित्यिक समाजकी उपाध्यक्ष शारदादेवी भट्टराई पोखरेलले गरेकी थिइन्। प्रतियोगितामा ४० कविता प्राप्त भएका थिए । जसलाई कवि ठाकुर बेलवासे, बलराम दाहाल, र बिना थिङले मूल्यांकन गरेका थिए।
प्रतियोगितामा सागर ज्ञवालीको ‘मूल्य’ दोस्रो, विमला खडका बि.सी.को ‘मेरो देश रोइरहेछ’ तेस्रो, मेघमणि गौतमको ‘कविताको पुकार’ चौथो, र दिनेश शर्माको ‘नोलाइट इन्चार्ज’ले सान्त्वना स्थान प्राप्त गरेका थिए।
कार्यक्रममा ‘अमरज्योति साहित्यिक त्रैमासिक’को ६३औं अंक (वार्षिकोत्सव विशेषांक) को लोकार्पण पनि गरिएको थियो। प्रमुख अतिथि चट्याङ मास्टरले कार्यक्रममा आफ्नो हास्य-व्यङ्ग्य प्रस्तुत गरेर सहभागीहरूलाई मनोरञ्जन प्रदान गरे।
विद्युतकर्मी साहित्यिक समाजका अध्यक्ष कृष्णदेव रिमाल ‘शब्दसेना’ले कर्मचारीमा सिर्जनात्मक ऊर्जा थप्न यस्ता कार्यक्रमहरू आवश्यक रहेको बताए। समारोहमा अन्य विशिष्ट अतिथिहरूले रचना वाचन गरेर आफ्नो साहित्यिक योगदान प्रस्तुत गरे।
कार्यक्रमलाई विद्युतकर्मी साहित्यिक समाजका सचिव विष्णु आचार्य ‘अतृप्त’ ले सञ्चालन गरेका थिए । कार्यक्रमको अन्त्यमा सहभागी अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_g9UQZ7uzvy_pukjhm5awa5pdrgi4axihkgjldpyvtpqyvh6vqtnqartd7trcj8oqnldcgfx.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया