आइतबार ०७ बैशाख, २०८२
Sunday, April 20, 2025

देश निर्माणमा युवाहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने - मन्त्री सिंह

फाइल फोटो

काठमाडौँ - उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले देश निर्माणमा युवाहरूले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् । 

अन्तराष्ट्रिय युवा दिवसका सन्दर्भमा आइतबार ललितपुरमा आयोजित कार्यक्रममा सिंहले आफ्नो अधिकार स्थापितका लागि लड्दै युवाहरूले देश निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका हुन् । समाज परिवर्तनका लागि युवाहरूको भूमिका पनि महत्वपूर्ण हुने उनले बताए । 

उनले युवाहरूमा बेरोजगारीको समस्याको मुद्दा देखिएको र दैनिक हजारौं युवाहरू वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था अन्त्य हुँदै जाने विश्वास व्यक्त गरे । 

सिंहले केही वर्षअघिकै तुलनामा अहिले स्थायी तहमा नै बिकास र परिवर्तन भएकाले त्यसलाई सदुपयोग गर्नुपर्नेमा जोड दिए । 

उनले सूचना प्रविधिको सहि प्रयोग गर्दै त्यसबाट युवाहरूले फाइदा लिन सक्नुपर्ने धारणा राखे ।