श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण
काठमाडौँ- श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन गठित कार्यदलले श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण गरेको छ ।
आइतबार सिंहदरबारका कार्यदल संयोजक श्रम विज्ञ डा. गणेश गुरुङले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री शरतसिंह भण्डारीलाई श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण गरेका हुन् । वैदेशिक रोजगारमा जाने कामदारको हकहित रक्षाका लागि आवश्यक संयन्त्र बनाउने गरि मन्त्रालयले श्रम आप्रवासन नीति बनाउन लागेको हो ।
हस्तान्तरण कार्यक्रममा मन्त्री सिंहले आन्तरिक र बाह्य रोजगार मर्यादित बनाउनका लागि पहलकदमी लिन सरकारले श्रम आप्रवासन नीति बनाउन लागिएको बताए । उनले प्राथमिकताका आधारमा नेपाली युवाहरूलाई वैदेशिक रोजगारमा जाने व्यवस्थाका साथै वैदेशिक रोजगारमा जानु अघिको प्रक्रियालाई समेत व्यवस्थित गर्ने गरी नीति तयार गर्ने जिकिर गरे । सम्मानपूर्वक श्रम गरेको मूल्य पनि सम्मानजनक हुनुपर्ने सरकारको नीति रहेको उनको भनाइ छ ।
श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण गर्दै कार्यदल संयोजक गुरुङले मस्यौदा बनाउँदा अन्तर्राष्ट्रिय श्रम संगठन लगायतका निकायहरूसँग सुझाव लिएको बताए । श्रम रोजगारको क्षेत्रमा बिज्ञता हासिल गर्दै नीतिको मस्यौदा तयार गरिएको उनको भनाइ छ ।
स्वास्थ्य र सामाजिक सुरक्षालाई मूल आधार बनाउँदै श्रम आप्रवासन नीतिलाई अन्तिम रूप दिन मन्त्रालयले जनाएको छ ।

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

प्रतिक्रिया