सरकारले तीन महिनापछि महानगर अगाडि भत्केको सडकमा पुल हाल्ने

काठमाडौँ- सरकारले काठमाडौँ महानगरपालिकाको कार्यालय अगाडि भासिएको सडकमा तीन महिनापछि मात्र कल्भर्ट पुल बनाउने भएको छ । सडक डिभिजन काठमाडौँले टुकुचा खोलामाथि बनेको सडकमा भ्वाङ परेपछि त्यहाँ पुल बनाउन लागेको हो ।
महानगर अगाडिको सडक भासिएपछि कल्भर्ट पुल बनाउने योजना बनिसकेको सडक डिभिजन काठमाडौँका सूचना अधिकारी महानन्द जोशीले जानकारी दिए । उनले भने, ‘त्यहाँ पुल नै बनाउनुपर्ने देखिएको छ । डिभिजनले निरीक्षण गरिसकेकाले त्यहीअनुसार हामी अघि बढेका छौँ, दुई-तीन दिनमा टेन्डर आह्वान हुन्छ ।'
उनका अनुसार त्यहाँ पुल बनाउन करिब ५० देखि ५५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । टेण्डर आव्हान गर्दाको समय डेढ महिना लाग्छ । निर्माण प्रक्रियामा डेढ महिना लाग्छ । अबको तीन महिनामा उक्त सडकमा पुल निर्माण हुने उनको भनाइ छ ।
गत बिहीबार राति दरबारमार्गमा रहेको महेन्द्र शालिक-काठमाडौँ प्लाजा जोड्ने सडक भासिएको थियो ।

गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

१२ लाख बढी चोर्ने पोखराबाट पक्राउ

हत्या अभियोगका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

सात वर्ष लगाएर देवघाटमा बनेको विद्युतीय शवदाह सञ्चालनमा आउने

११ जनालाई डिएसपीवाट एसपीमा बढुवा गराउन सिफारिस

प्रतिक्रिया