कांग्रेसले नाम दिने बित्तिकै कोशी प्रदेश सरकार विस्तार गरिन्छ : मुख्यमन्त्री कार्की
विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपाली कांग्रेसले नाम दिने बित्तिकै कोशी प्रदेश सरकार विस्तार गरिने बताएका छन् ।
आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा संसदीय पत्रकार मञ्च कोशीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेश मन्त्रालयहरूको संख्या ९ बाट नबढाइने समेत बताए । उनले प्रदेश संरचनालाई स्थापित गर्ने र प्रदेश चाहिन्छ भन्ने मान्यता प्रति विश्वास दिलाउने गरी प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए ।
प्रदेश सरकारले चालु आर्थिक वर्षा चिया सम्मेलन, पर्यटन सम्मेलन र लगानी सम्मेलन आयोजना गरेर प्रदेशको आर्थिक गतिविधि बढाउने गरी कार्यक्रम ल्याउन लागेको उनले बताए ।
मुख्यमन्त्री कार्कीले एक साताभित्र प्रदेश सभाको बैठक आव्हान गरिने बताउँदै दशैं अगाडिसम्म ६/७ वटा विधेयकहरू पारित गर्ने योजना रहेको जानकारी दिए ।

करेन्ट लागेर अरुण तेस्रोमा कार्यरत मजदुरको मृत्यु

हल्दिबारीका चिया बगानमा ‘लुपर’को प्रकोप

कालोपत्र गरिएको सडक महिना दिन नपुग्दै भत्किएपछि...

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

प्रतिक्रिया