अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि विद्युत् अवरुद्ध

म्याग्दी- यहाँको अन्नपूर्ण गाउँपालिकामा तीन दिनदेखि विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
अन्नपूर्ण गाउँपालिका–६ धिरच्याङमा कालीगण्डकीले शनिबार राति ३२/११ केभी क्षमताको प्रशारण लाइनका तीन वटा पोल र तार बगाएपछि गाउँपालिका विद्युतविहीन बनेको हो । अन्नपूर्ण गाउँपालिका–२ कटुञ्जेको भिरबाट खसेको पहिरोले कालीगण्डकीमा छाल उठ्दा २० मिटर माथि रहेको एउटा कृषि फार्म र विद्युतको प्रशारण लाइनका पोल, तारमा क्षति पुगेको थियो ।
अन्नपूर्ण गाउँपालिका–६ का वडा अध्यक्ष रामबहादुर खड्काले विद्युत् अभावमा गाउँपालिकाको सेवा प्रवाह, मोबाइल, इन्टरनेट सेवा प्रभावित बनेको बताए । विद्यालयमा कम्प्युटर विषयका पठनपाठन सञ्चालन हुन सकेको छैन ।
मोबाइलको टावरले काम गर्न छाडेको घोडेपानीका होटल व्यवसायी वीरेन गर्बुजा पुनले बताए । विद्युत् आपूर्ति अवरुद्ध हुँदा अन्नपूर्ण गाउँपालिकाको दोवा, भुरुङ तातोपानी, दाना, नारच्याङ, शिख, पाउद्वार, घार, हिस्तान, राम्चेका तीन हजार दुई सयभन्दा बढी घरधुरी अन्धकार भएका छन् ।
नेपाल विद्युत् प्राधिकरणको म्याग्दी वितरण केन्द्रका सूचना अधिकारी प्रकाश झाले नयाँ पोल राख्न प्रस्ताव गरिएको ठाउँका जग्गाधनीको विरोधका कारण लाइन मर्मतमा ढिलाइ भएको जानकारी दिए । गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनको अगुवाइमा विवाद समाधान गरी सोमबार दिउँसोदेखि पोल गाड्न र तार तान्न थालिएको उनले बताए । रासस

कालीगण्डकीमा व्यावसायिक अकबरेखेती

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण
_lIRBKTvhKN_xidrqek8crpz0iwt1hmfvltxeimzlkq7h9o201umyzks29wlrakal8xoz4oa_bvO01kwiVs_ersi4pxtto30rkmp3ppjihywwzskumfer6npzwm4lf2dotyfotuxh9clq2w4.jpg)
नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

दुई करोड ३१ लाखमा बन्यो झोलुङ्गे पुल

किसानलाई २२ प्रजातिका बिरुवा वितरण

मुस्ताङमा वायु गुणस्तर मापन केन्द्र स्थापना

प्रतिक्रिया