साउनको अन्तिम सोमबार : तस्बिरमा यस्तो देखियो लड्केश्वर महादेव मन्दिर परिसर

काठमाडौँ- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-११, बल्थलीमा अवस्थित लड्केश्वर महादेव मन्दिर परिसरमा आज भक्तजनहरूको भिड लागेको छ । धार्मिक रूपले प्रसिद्ध स्थल लड्केश्वर महादेव मन्दिरमा आज साउनको अन्तिम सोमबार भक्तजनहरूको भिड लागेको हो ।
गुफाभित्र रहेको यस मन्दिरमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधना गरिरहेका छन् । खोला किनारको गुफामा शिवलिंग अवस्थित छन्, जसको छतबाट निरन्तर जलवर्षा भइरहन्छ ।
मन्दिर नजिकै धर्मद्धार गुफा पनि छ । यहाँ विशेष गरी ठूलो एकादशीमा मेला लाग्ने गर्छ ।
यो मन्दिर एक पर्यटकीय गन्तव्य बोकेको धार्मिक स्थल हो । हेर्दा अति नै मनोरम दृश्य देखिने यस मन्दिर परिसरमा विश्वको सबैभन्दा अग्लो त्रिशूल निर्माण गरिएको छ । यो त्रिशूल १०८ फिट अग्लो रहेको छ ।
प्राकृतिक सुन्दरता र प्राकृतिक छटाले भरिपूर्ण नेपालको एक धार्मिक पर्यटकीय रमणीय र आनन्दित ठाउँ हो लड्केश्वर महादेव मन्दिर ।
परापूर्वकालमा महादेवले समुद्र मन्थन गर्दा सारा संसारलाई बचाउनका लागि मन्थनबाट निस्किएको विष पिएका थिए । विषले उनलाई डाहा भएपछि शीतल ठाउँको खोजीमा महादेव यहाँको खोला किनारमा आएर बसेको भन्ने मान्यता रहि आएको छ ।
यो मन्दिर काठमाडौँबाट ४० किमीको दूरीमा रहेको बल्थली बनेपा–पनौती–खोपासी हुँदै पुग्न सकिन्छ । काठमाडौँबाट बनेपा, पनौती हुँदै खोपासीसम्म बस चल्छन् । खोपासीबाट, सल्मेटार, न्यौपाने गाउँ हुँदै लड्केश्वर महादेव पुग्न सकिन्छ ।
हेर्नुहोस् तस्बिर:

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_3Fvq3qBKuy_f9uxug4nq5nqrej9nuud9uqpm5hxmvbk46lfimtqbmsjnpnlrkeyjsn047eq.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

गोरखा भूकम्पको केन्द्र बारपाकमा फोटो प्रदर्शनी

फास्ट ट्रयाकको टनेल मार्ग यसरी बन्दैछ ( फोटोफिचर)

भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार (फोटो फिचर)

प्रतिक्रिया