नेवार समुदायले मनाए पञ्चदान पर्व [फोटोफिचर]

काठमाडौँ- ललितपुरका नेवार समुदायले सोमबार पञ्चदान पर्व मनाएका छन् । प्रत्येक वर्ष श्रावण शुक्ल अष्टमीका दिन यो पर्व मनाइन्छ । नेवार समुदायमा पूजा, खाने वस्तु, पिउने कुरा, औषधि, दैनिक प्रयोजनका चीजबीज गरी पाँच वस्तु भिक्षु जीवन पूरा गरी गृहस्थमा प्रवेश गर्ने शाक्य र बज्राचार्य समुदायका व्यक्तिलाई प्रदान गर्नुलाई पञ्चदान भन्ने गरिएको छ ।
सिद्धार्थ गौतमले ज्ञान प्राप्तिका लागि गृह त्याग गरेको घटनासँग पनि यो पर्वको सम्बन्ध रहेको छ । शरीर रक्षाका लागि गौतम बुद्धले भिक्षा ग्रहण गरे । दान पारमिता पूर्ण गर्न पञ्चदान गरिन्छ । बौद्ध दर्शन अनुसार दश पारमिता पूरा गरेपछि बुद्धत्व प्राप्ति हुन्छ ।
पञ्चदान शब्द नेवारी जनबोलीमा अप्रभंस भएर पञ्जरा बनेको देखिन्छ । पञ्ज शब्द पं (पृथ्वी) र ज (उत्पन्न) हुन्छ । पञ्चदान वा पञ्जराको शाब्दिक अर्थ पाँच प्रकारको दान गर्नु हो । यसरी पञ्चदान गर्नाले प्रज्ञा ज्ञान, निरोगी तथा दीर्घायु हुने, धनाढ्य हुने, सन्तान प्राप्ति, यशकीर्ति, पुण्य आदि फल प्राप्त हुने जनविश्वास पाइन्छ ।

सिटी सेन्टरमा हरेक शु्क्रबार लाग्ने अर्गानिक मेला यस्तो देख्यो ( फोटो फिचर)
_KXqHza3Zvx_t9lxc8p2c2soepbskrtx1gvhcukpyv90ce3uqlflc7pfkdjupwmmmsuz0wsf_Kf2AZuTjX4_7uicnww6jlup0xbzjg9vgvrjevoboyzpv1hpffmvt71nai25a4dfimu9rler.jpg)
सुनचाँदी व्यवसायीको आन्दोलन (फोटो फिचर)

कंक्रिटै कंक्रिटको सहर काठमाडौँ (फोटो फिचर)

शिवपुरी निकुञ्ज भित्रको बिष्णुद्वार झरना आहा! ( तस्विरहरू )
_vKePIDCgLl_uaxs5znqtpvskumc5heezisxoov5haajcvkbcaphpciz2ceo0nelqkkr4nwt_PHjFLlvUZu_rwjw4kk8tz0izzdqkxcmc7gaxeg1t9eucptylwrmn9yhkmorltew1xhb5jzl.jpeg)
भीडभाड छ एयरपोर्ट (फोटो फिचर)

काठमाडौँ महानगरको सीप मेलामा यस्तो देख्यो (फोटो फिचर)

तस्बिरमा बकर ईद

प्रतिक्रिया