प्रतिनिधिसभामा आज टिआरसी विधेयक सबन्धी प्रतिवेदन पेश हुँदै

काठमाडौँ - प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्नेछ ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर सम्बन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् ।
बैठकमा पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ र शिक्षा स्वास्थ्य सूचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको वार्षिक प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति बिमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बादे नियुक्त

राष्ट्रियसभावाट जलस्रोत बिधेयक पारित

राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख रानामगर

सांसदहरुद्वारा पशुपति क्षेत्रको निरीक्षण

तस्करलाई कानुनी दायरामा ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

रास्वपाका सांसदहरूले संसदीय मर्यादा तोडेः सांसद शर्मा

तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ता…

प्रतिक्रिया