ट्रम्प फर्किए एक्समा, मस्कलाई स्पेसमा दिए अन्तर्वार्ता

न्युर्योक - अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प ट्विटरमा फर्किएका छन् ।
उनले अमेरिकी व्यापारी तथा सोसल मिडिया साइट एक्सका मालिक एलन मस्कलाई अन्तर्वार्ता दिइरहेका छन ।
यतिखेर एलन मस्क र ट्रम्पबीचको अन्तवार्ता चलिरहेको छ । नेपाली समय अनुसार मंगलबार बिहान ५ः४५ बजे देखि अन्तर्वार्ता हुने भनिए पनि प्राविधिक कारणले केही ढिलाई भएको थियो ।
अन्तर्वार्ता अघि ट्रम्पले आधा दर्जन भन्दा बढी ट्विट गरेका थिए । यो सामाजिक सञ्जालमा डोनाल्ड ट्रम्पको फिर्ताले उनको राष्ट्रपति चुनाव अभियानलाई बलियो बनाउने अपेक्षा गरिएको छ ।
जनवरी ६, २०२१ मा क्यापिटल हिल हिंसाका कारण ट्रम्प माथि तत्कालीन ट्विटरले प्रतिबन्ध लगाइएको थियो। त्यसपछि ट्रम्प ट्विटरबाट निष्क्रिय भएका थिए भने उनले आफ्नै अलग्गै सामाजिक सञ्जाल ट्रुथ सञ्चालनमा ल्याएका थिए । तर जब मस्कले २०२२ मा ट्विटर किने तब उनले ट्रम्पको खाता माथिको प्रतिबन्ध हटाए।
उनले यसबीचमा एक पटक ‘मग सट’को तस्विर सार्वजनिक गरे पनि त्यसपछि उनले कुनै ट्विट गरेका थिएनन् । तर, मस्कसँगको जारी अन्तर्वार्तासँगै ट्रम्प ट्विटरमा सक्रिय भएका छन् ।

फ्रान्सका राष्ट्रपति म्याक्रोँले मङ्गलबार बेलायती संसदलाई सम्बोधन गर्ने

पाकिस्तानमा भवन भत्किँदा ६ जनाको मृत्यु, १० जना भग्नावशेषमा फसेको आशंका

ईरानको निर्णयले आणविक स्थायित्वमा असर, विश्व समुदाय गम्भीर

अफगान नागरिकहरूलाई फिर्ता पठाउने जर्मन योजनाप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

प्रतिक्रिया