बंगलादेशको अन्तरिम सरकारलाई राष्ट्रसंघको स्वागत

ढाका - संयुक्त राष्ट्र संघले बंगलादेशको अन्तरिम सरकारको स्वागत गरेको छ ।
राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले बंगलादेशमा अन्तरिम सरकारको समर्थन गर्दै शान्ति पुनःस्थापना र संसदीय चुनाव आयोजना गर्ने प्रयासको स्वागत गरेको ढाका टि्ब्युनले लेखेकाे छ ।
महासचिवका उपप्रवक्ता फरहान हकका अनुसार अन्तरिम सरकारले तत्कालै निर्वाचन प्रक्रियामार्फत राजनीतिक दललाई सत्ता हस्तान्तरण गर्नेमा राष्ट्र संघ विश्वस्त छ ।
‘आगामी हप्ताहरूमा अन्तरिम सरकारलाई महिला, युवा, र देशभरका जनताका साथै अल्पसंख्यक र आदिवासी समुदायको आवाजलाई ध्यानमा राखी समावेशी हुने सबै प्रयास जारी राख्न आग्रह गर्दछ। देश संसदीय निर्वाचनतर्फ अघि बढेको छ,’ हकले मुख्यालय, न्यूयोर्कमा दैनिक ब्रिफिङमा भनेका छन् ।
‘महासचिव बंगलादेशका जनतासँग पूर्ण ऐक्यबद्धतामा उभिनु भएको छ र उनीहरूको मानवअधिकारको पूर्ण सम्मानको लागि आह्वान गर्दछौं, महासचिवले हिंसाका सबै कार्यहरूमा पूर्ण, स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धानको आवश्यकतालाई जोड दिनु भएको छ,’ उनले भने ।
आन्दोलनका बीच प्रधानमन्त्री शेख हसिनाले अगस्ट ५ मा राजीनामा दिएपछि मोहम्मद युनुसको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन भएको थियो ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया