राजासहित अटाउने व्यवस्थाले देशको दिगो विकास: कमल थापा

काठमाडौँ - राप्रपा नेपालका अध्यक्ष कमल थापाले यथास्थितिबाट मुलुक अघि बढ्न नसक्ने भन्दै तत्काल मार्गचित्र परिवर्तन जरुरी भएको बताएका छन् ।
आज राप्रपा नेपाल काठमाडौं ५ नम्बर क्षेत्रद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले राजादेखि सबै अटाउन सक्ने व्यवस्थाले मात्र मुलुकको आर्थिक,सामाजिक,राजनैतिक हित गर्ने बताएका छन् । थापाले आर्थिक समृद्धिको नारा गफबाट नभई कामबाट प्रमाणित गर्न आवश्यक भएको समेत बताए ।
काङ्ग्रेस,एमाले माओवादीको विकल्पमा राप्रपा नेपालले मात्र विचार दिनसक्ने भन्दै थापाले संगठन निर्माण र महाधिवेशन सम्पन्न गर्न कार्यतालिका अनुसार कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए ।
प्रशिक्षणमा अध्यक्ष थापा सहित डाक्टर विष्णु भण्डारी , जयकुमार खड्का, राजाराम बर्तौला "चुनेली", सन्तोष अधिकारी लगायतले बोलेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया