४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संशोधन गरौँ : गगन थापा
काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगन थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार बनाउन दिने गरी संविधान संशोधन गर्न सकिने बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकको विशेष समयमा बोल्दै थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संशोधन गर्न सकिने उपायतिर जान सकिने बताएका हुन् ।
‘संविधान संशोधनको कुराले धेरै जना आत्तिएको देख्छु तर आत्तिनु पर्दैन, प्रतिनिधिसभा र राष्ट्रियसभालाई अझ बढी समावेशी र समानुपातिक प्रतिनिधित्व गराउने गरी संविधान संशोधन गर्नुपर्छ,’ थापाको प्रस्ताव छ, ‘बरू ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन पाउने गरी बरू सरकार चलाउन दिनुपर्छ, यसमा छलफल गरौँ ।’
साथै, नेपाली कांग्रेस र नेकपा एमालेबीचमा नयाँ सरकार गठन प्रक्रियामा सामेल नभए पनि रक्षाका लागि उभिने थापाले बताए । ‘यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन तर यो सरकारको रक्षा मैले गर्ने छु,’ उनले भने ।

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

प्रतिक्रिया