प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन पेस

काठमाडौँ- प्रतिनिधिसभा बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको प्रतिवेदन पेस भएको छ ।
मंगलबार बसेको बैठकमा कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गरेकी हुन् ।
विधेयक पेस गर्दै सभापति सुवेदीले विधेयकलाई पीडितमैत्री बनाउनका लागि र निष्पक्ष न्याय दिने अवस्था सिर्जना गर्नका लागि लामो छलफल भएका कारण विधेयक पेस गर्न ढिलाई भएको बताइन् । उनले द्वन्द्वकालीन समयमा भएका विभिन्न घटनाको सत्यतथ्य रूपमा खोजी हुने, पीडितहरूले सहयोग सहितको परिपूरण पाउने अवस्था सिर्जना हुने विश्वास व्यक्त गरिन् ।
त्यस्तै मानव अधिकारको गम्भीर उल्लंघनका घटनामा पीडितले पुन: उजुरी दिनसक्ने व्यवस्था विधेयकमा गरेको उनले जानकारी दिइन् ।
शीर्ष दलको कार्यदलले विवादित विषयमा सहमति गरेपछि कानुन न्याय तथा मानव अधिकार समितिले उक्त विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेको थियो । २०७९ चैत ५ गते प्रतिनिधि सभामा प्रस्तुत भएको विधेयकलाई २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

प्रतिक्रिया