मन्त्रिपरिषदको मर्यादाक्रममा हेरफेरसम्बन्धी संसद्लाई जानकारी

काठमाडौँ- सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेरसम्बन्धी पत्रको व्यहोरा सांसदसमक्ष पढेर सुनाएका छन् ।
मर्यादाक्रमअनुसार क्रमशः केपी शर्मा ओली (प्रधानमन्त्री), प्रकाशमान सिंह (उपप्रधान तथा सहरी विकासमन्त्री), विष्णुप्रसाद पौडेल (उपप्रधान तथा अर्थमन्त्री) पृथ्वीसुब्बा गुरुङ (सञ्चार तथा सूचना प्रविधिमन्त्री, रमेश लेखक (गृहमन्त्री), शरद्सिंह भण्डारी (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) र आरजु राणा देउवा (परराष्ट्रमन्त्री), प्रदीप यादव (खानेपानी मन्त्री) छन् ।
त्यसैगरी क्रमशः बलराम अधिकारी (भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री), दामोदर भण्डारी (उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, नवलकिशोर शाह सुडी (महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री), देवेन्द्र दाहाल (भौतिक पूर्वाधार तथा यातायातमन्त्री, तेजुलाल चौधरी (युवा तथा खेलकुदमन्त्री) बद्रीप्रसाद पाण्डे (संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अजयकुमार चौरसिया (कानुन, न्याय तथा संसदीय मामिलामन्त्री), प्रदीप पौडेल (स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री), रामनाथ अधिकारी (कृषि तथा पशुपन्छी विकासमन्त्री), विद्या भट्टराई (शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री), मानवीर राई (रक्षामन्त्री), दीपक खड्का (ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री), राजकुमार गुप्ता (सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र ऐनबहादुर शाही ठकुरी (वन तथा वातावरण) रहेका छन् ।

पाँच हजार अमेरिकी डलर बराबरको मुद्रा भारतबाट ल्याउन सक्ने व्यवस्था छः अर्थमन्त्र…

‘खेलकुद क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ’

निजामती विधेयक प्रकरणः छानबिनका लागि सभामुखलाई अनुरोध

लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको छः अर्थमन्त्री पौडेल

‘विद्यालय शिक्षा विधेयक शीघ्र आउँछ’

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

प्रतिक्रिया