संघीय संसद् भवन अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा अभियन्ता सुनार पक्राउ

काठमाडौँ- सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै केही दिनदेखि यहाँस्थित माइतीघर मण्डलामा आन्दोलनरत दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारलाई आज प्रहरीले पक्राउ गरेको छ ।
संघीय संसद् भवन नयाँबानेश्वर अगाडि निशेधित क्षेत्रमा प्लेकार्डसहित प्रदर्शन गर्न खोज्दा संयोजक सुनारलाई पक्राउ गरिएको हो । हातखुट्टामा साङ्लाले बाँधिएर आन्दोलन गरिरहेका सुनारलाई आज दिउँसो पक्राउगरी प्रहरीवृत्त नयाँबानेश्वरमा राखिएको अभियन्ता रेम विकले जानकारी दिए ।
प्रदर्शनकारीहरूले दलितलाई मन्त्री खै ? दलितलाई कानुन खै ? दलितलाई नियुक्ति खै ? जस्ता प्रश्न लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

कपिलवस्तुबाट माधव पन्थी बेपत्ता

मनसुनमा पुदिनाको चिया पिउनुका हुनेछ धेरै फाइदाहरू

राशिफलमा यस्तो छ तपाईंको भाग्य

पैँतीस प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लू’

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

प्रतिक्रिया