३० वटा रुसी ड्रोन खसालेको युक्रेनको दाबी

किभ- रुसले मङ्गलबार राति युक्रेनमा ३८ वटा शाहेद प्रकारका ड्रोन प्रक्षेपण गरेको र तीमध्ये ३० वटालाई वायु सुरक्षाले रोकेको युक्रेनी वायुसेनाले एक विज्ञप्तिमा जनाएको छ ।
दक्षिणी, उत्तरी र मध्य युक्रेनको आठ क्षेत्रमा ती ड्रोनलाई ध्वस्त पारिएको विज्ञप्तिमा उल्लेख छ ।
रूसी सेनाले भोरोनेज क्षेत्रबाट युक्रेनमा दुईवटा इस्कन्डर–एम÷केएन–२३ ब्यालिस्टिक मिसाइलहरू पनि प्रहार गरेको वायुसेनाले जनाएको छ ।
रुसको उक्त आक्रमणबाट ग्यास पाइपलाइन र अस्पताललगायतका पूर्वाधारमा क्षति पुगेको छ । युक्रेनको उत्तरपूर्वी सहर सुमीमा भएको आक्रमणमा एक जना घाइते भएको सुमी क्षेत्रीय सैन्य प्रशासनले एक विज्ञप्तिमा जनाएको छ । (सिन्ह्वा)

भारतीय प्रधानमन्त्री मोदीले बेलायत र माल्दिभ्सको भ्रमण गर्दै

भ्यानको ठक्करबाट दनुवारको मृत्यु

सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते

युरोपेली राष्ट्र इरानसँग आणविक वार्ताका लागि पुनः तयारीमा

'युरोपेली संघप्रति बोस्नियाली जनताको विश्वास कायमै'
ओडेसामा रूसी आक्रमण, एकको मृत्यु

बेङ्गलुरुमा ४० विद्यालयलाई बमको धम्की

प्रतिक्रिया