चर्च ब्वाइजलाई हराउँदै पारो समुह चरणमा

काठमाडौँ- भुटानको पारो एफसीले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणमा नेपालको चर्च ब्वाइज युनाइटेड क्लबलाई परजित गरेको छ ।
मंगलबार त्रिपुरेश्वरको दशरथ रंगशालामा ९ हजारभन्दा धेरै घरेलु समर्थकमाझ चर्च ब्वाइज पारोसँग २-१ गोल अन्तरले पराजित भएको हो ।
वर्षाका कारण हिलाम्य भएको मैदानमा लाकेन लिम्बुले गोल गरेर चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । अर्को मिनेटमा नै पारोले बराबरी गोल फर्कायो । गोलकिपर दिप कार्कीले नियन्त्रणमा लिन नसकेपछि किंगाले गोल गर्दै खेल एक-एक को बराबरी गरेका थिए । तर चर्च ब्वाइजले बराबरी पनि जोगाउन सकेन । पारोले दोस्रो हाफमा गोल गर्यो । विलियमले गोल गरेसँगै बनाएको २-१ को अग्रता जोगाउँदै भुटानले जित दर्ता गरेको हो ।
यो जितसँगै पारो एएफसी च्यालेन्ज लिगको समूह चरणमा प्रवेश गरेको छ । गत वर्ष भएको एएफसी कपको छनोट चरणमा पनि पारोले चर्च ब्वाइजसँग खेलेको थियो । त्यो खेलमा भने चर्च ब्वाइज विजयी भएको थियो ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया