न्यायसँग सम्बन्धित बाँकी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ - सभापति लामिछाने

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले संक्रमणकालीन न्यायसँग सम्बन्धी बाँकी कामलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयकमाथिको छलफलमा भाग लिदैं लामिछानेले राजनीतिक दाउपेचकै कारण संक्रमणकालीन न्यायका कामहरू लामो समय अल्झिएको भन्दै अब भने यसलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउन आग्रह गरेका हुन् ।
उनले न्याय दिने संरचनालाई बलियो बनाउँदै पीडितलाई न्याय दिन सक्नुपर्नेमा जोड दिए । राजनीतिक भागबण्डाका आधारमा आयोगमा पदाधिकारी चयन गरे पीडितले न्याय पाउन नसक्ने उनले बताए ।
उनले अन्तराष्ट्रिय जगतले प्रश्न गर्न नसक्ने गरि संक्रमणकालीन न्यायसँगसम्बन्धी कामलाई निष्कर्षमा पुर्याउनुपर्ने बताए । त्यस्तै उनले ठूला दल एक ठाँउ आएर सरकार बनाउने परिस्थिति मुलुकमा आएको स्वीकार गर्न तयार नरहेको जिकिर गरे । उनले लोकतन्त्रका मूल्य मान्यतालाई आत्मसाथ गर्दै प्रणालीहरूलाई नभत्काउने प्रतिवद्धता गर्नुपर्नेमा जोड दिए ।
उनले लोकतान्त्रिक प्रणालीमा भइरहेको प्रहारका कारण नयाँ दलहरू स्थापित हुने अवस्था आएको समेत बताए । उनले टीआरसीलाई रास्वपाले नजिकबाट हेरिरहेको भन्दै प्रणालीका नाममा यसलाई भत्काउने काम भए पीडितहरूका लागि दुर्भाग्य हुने बताए ।

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा वैशाख १७ गते

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

प्रतिक्रिया